नेपालसँग साउथ अष्ट्रेलिया २ विकेटले पराजित

लोकप्रिय

काठमाडौँ, भदौ १४ गते। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम एक दिवसिय अभ्यास खेलमा जित निकालेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।

२४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोहित पौडेलले शतक पुरा गर्दै १०१ रन बनाए । यसैगरि सोमपाल कामीले ३८ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन बनाएको थियो ।

बलिङमा नेपालकालागि सोमपाल कामी र नन्दन यादवले ३-३ विकेट लिए ।नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

ताजा समाचार

Related Articles