हेटौँडा, भदौ १५ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उहाँले बताउनुभयो । यस्तै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्नुहुने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्नुहुने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताउनुभयो ।




