मकवानपुर र सिन्धुलीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

लोकप्रिय

हेटौँडा, भदौ १५ गते । मकवानपुर र सिन्धुली जिल्लामा भएका छुट्टाछुट्टै घटनामा एक बालिकासहित तीन जनाको मृत्युभएको छ । मकवानपुर थाहा नगरपालिका वडा नं. १० मा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवकको मृत्युभएको हो ।
थाहा नगरपालिका वडा नं. १० टौखेलस्थित गणेशमान सिंह सडक खण्डमा बिसंखेलबाट टौखेलतर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नं. मोटरसाइकल आफै अनियन्त्रित भई तरकारी लोड गर्न रोकी राखिएको ना ७ ख ४२७६ नं.को ट्रकमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक टौखेलका अमिर गोपालीको उपचारको क्रममा शनिबार राति ७ः३० बजेको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानुरले जनाएको छ ।
गत साउन १३ गते राति मोटरसाइकल ट्रकमा ठक्कर खाई दुर्घटना भएपछि घाइते भएका ३२ वर्षीय गोपालीलाई उपचारको लागी बि एण्ड बी अस्पताल ग्वार्खु काठमाडौँ पठाईएकोमा गत साउन २७ गते काभ्रेको बनेपास्थित बिग केयर अस्पतालमा लगगेर उपचार भईरहेकोमा शनिबार साँझ १९ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यस्तै बकैया गाउँपालिका ६ खोपिल्टोगाउँमा ट्याक्टर पल्टँदा चालक बारा निजगढ नगरपालिका १२ रामथलीका बुद्धिलाल थिङको मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
खेत जोत्ने क्रममा ना.६ त ८९९९ नं को ट्याक्टर खेतको कान्लाबाट पल्टिन गई दुर्घटना हुँदा ट्याक्टर चालक ३३ वर्षीय थिङलाई सोही ट्याक्टरले किचेर घटनास्थलमानै मृत्यु भएको हो ।
यस्तै सिन्धुली जिल्लाको गोलन्जोर गाउँलिका वडा नं. ६ अर्चलेमा एक बालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्युभएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय रनि रम्तेलको दुई वर्षीय छोरी प्रिन्सिका रम्तेलको शनिबार साँझ आफ्नै घरको आँगनमा रहेको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।

ताजा समाचार

Related Articles