काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्षेत्रीय जुनियर ब्याडमिन्टन प्रतियोगिताका पदक विजेतालाई स्वागत गर्दै बधाइ दिनु भएको छ । भुटानको थिम्पुमा अगष्ट १५ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ रजत र १ कांस्य जितेको थियो ।

मिक्स टिममा दीप थिङ, निभा राई, सन्देश राजकोटी र सोर्लिन श्रेष्ठ, पुरुष डबल्समा दीप थिङ र सन्देश राजकोटी तथा मिक्स डबल्समा दीप थिङ र निभा राईले रजत जित्नु भएको थियो । दीप थिङले पुरुष सिंगल्समा पनि कांस्य प्राप्त गर्नु भयो
।




