भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम: राष्ट्रपति पौडेल

लोकप्रिय

काठमाडौँ, भदौ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ । भाषा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुभाषिक मुलुक भएको उल्लेख गर्दै भाषा आयोगले नेपालका भाषाको अध्ययन, अनुसन्धान र अन्वेषण गरी भाषाको संरक्षणमा पु¥याएको योगदानको लागि भाषा आयोगको प्रशंसा गर्नुभयो । सो क्रममा उहाँले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्‍न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको स्पष्ट पार्नुभयो । सो क्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles