सर्वसाधारणलाई दुख दिने मकवानपुरका १० सहित ३३ जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २० गते । सर्वसाधारणलाई दुख हैरानी दिने मकवानपुरका १० सहित ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले
सर्वसाधारणहरूलाई दुख हैरानी दिएको भन्दै बुधबार काठमाडौँ महानगरपालिका १४ बल्खुबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बल्खुस्थित सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई जबरजस्ती ट्याक्सीबाट निकाली आफ्नो चिनेको गाडीमा चढ्न बाध्य पार्ने, बाटोमा हिँडिरहेका यात्रुहरूलाई हैरानी दिई सामान तथा झोलाहरू जबरजस्ती तान्ने, निजहरूले भनेको गाडीमा चढ्न नमानेमा विभिन्न किसिमको अश्लील शब्दहरू प्रयोग गरी दुःख हैरानी दिने ३३ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँचको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles