हेटौँडा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी

लोकप्रिय

हेटौँडा, भदौ २४ गते । जिल्ला प्रशासन कार्यालयल मकवानपुरले कर्फ्यु आदेश जारी गरेको छ ।
हेटौँडा बजार क्षेत्रमा बिहानैबाट नारा जुलुश र आगजनीका घटना हुन थालेपछि मंगलबार दिउँसोबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्फ्यु आदेश जारी गरेको हो ।
दिउँसो १ः०० बजेदेखि मंगलबार राति १२ः०० बजेसम्मका लागि कफ्र्यु जारी गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी कर्फ्यु आदेशमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम प्रमुख जिल्ला अधिकारीले हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्रका विभिन्न स्थानमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

ताजा समाचार

Related Articles