काठमाडौँ, भदौ २४ गते । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । पाँचबुँदे संयुक्त विज्ञाप्ति निकाल्दै आज महामन्त्रीद्वयले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन समेत दिएका छन् ।

उनिहरुले सभापति शेरबहादुर देउवादे सबै मन्त्रीलाई फिर्ता नबोलाए अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी समेत दिएका छन् ।




