हेटौँडा, भदौ २६ गते । जेनजीको मंगलबार भएको आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ ।
आन्दोलनमा कारागार कार्यालयहरुबाट भागेका विभिन्न मुद्दाका कैदीबन्दीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आन्दोलनका क्रममा देशका विभिन्न जिल्लास्थित कारागारबाट फरार रहेको १६६ जना कैदीबन्दीलाई बिहीबारसम्ममा नियन्त्रणमा लिइएको जानकारी दिनु भयो ।
मकवानपुरको कारागार कार्यालय भीमफेदीमा एक नाबालक सहित एक हजार ६६ कैदीबन्दी रहेकोमा ४४० भागेका थिए ।
तीनमध्ये सुरक्षाकर्मीले हालसम्ममा नियन्त्रणमा लिईएको संख्या ७८ जना र अझै फरार रहेका कैदीबन्दी ३६२ जनारहेका छन् ।
हेटौँडामा रहेको बाल सुधार गृह मकवानपुरमा ९४ जना रहेकोमा ७२ जना भागेकोमा ४१ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो ।
नख्खु कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये सात जना, जगन्नाथदेवल स्थित केन्द्रिय कारागारबाट भागेका कैदीबन्दी मध्ये दुई जना, कास्की कारागारका एक जना र तनहुँ जिल्ला कारागारको दुई जनालाई नियन्त्रण लिइएकोछ ।
नियन्त्रणमा लिईएको तर कारागार कार्यालय खुल्न बाँकी ३५ जना कैदी बन्दी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ




