अमेरिकी दूतावासले गर्‍यो राष्ट्रपति पौडेल र युवा नेताहरूको प्रशंसा

लोकप्रिय

काठमाडौँ, भदौ २९ गते। नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाहरूको प्रशंसा गरेको छ ।  हालै भएको आन्दोलनपछि लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि भन्दै दूतावासले राष्ट्रपति पौडेल र युवाहरूको प्रशंसा गरेको हो ।

त्यसै गरी दुतावासले नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान व्यक्त गरेको छ । ”हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं। दुतावासले जारी गरेको विज्ञाप्तिमा भनिएको छ ।

ताजा समाचार

Related Articles