नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

लोकप्रिय

हेटौँडा, भदौ ३१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत चुरियामाई मन्दिर नजिक नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका १५ चुरियामाई र जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित पूर्व पश्चिम राजमार्गको मकवानपुर र बारा जिल्लाको सिमानाको चुरियामाई स्थित सडक खण्डमा लु १ ग २८० नं को ट्रक मंगलबार दिउँसो दुर्घटना भएको हो ।

नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको सेनाको चार वटा गाडीमध्ये लु १ ग २८० नं को ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् ।  तीन जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।-

ताजा समाचार

Related Articles