तिलगङ्गा अस्पतालमा प्रधानमन्त्री कार्कीको आँखा जाँच

लोकप्रिय

काठमाडौँ, भदौ ३१ गते। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज नियमित आँखा जाँच गर्नुभयो । त्यसका लागि  उहाँ तिलगङ्गा अस्पताल जानुभएको थियो ।

प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइटले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उहाँको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आउनुभएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।

ताजा समाचार

Related Articles