विद्यार्थीलाई विद्यालय पोशाक वितरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज २ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उदास तामाङले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्नुभएको हो ।
ईस्थर बेन्जामिन्स मेमोरियल संस्थाको सहयोग र विद्यालयका तर्फबाट ५०–५० गरी एक सय जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालय पोशाक अभावको समस्या झेल्दै आएका विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरिएको हो ।

ताजा समाचार

Related Articles