बागमती नदीले बगाएका एक जना मृत फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज ६ गते । बागमती नदीले बगाएर बेपत्ता भएका मकवानपुरको बागमती गाउँपालिकामा एक किशोर मृत फेला परेका छन् ।
बागमती गाउँपालिका १ माझगाउँ खेस्रेखोलाटोलका १८ वर्षीय सोमबहादुर घलान बागमती नदीको किनारमा मृत फेला परेका हुन् ।
गत बुधबार दिउँसो ३ः३० बजेको समयमा बागमती नदीले बगाएर बेपत्ता भएका घलान रौतहट जिल्ला राजदेवी नगरपालिका गडैयाघाटस्थित बागमती नदी किनारमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
बाबु ४८ वर्षीय गुञ्जमान घलानसँगै निज सोमबहादुर घरदेखि करिब पाँच मिटर पूर्वतर्फ रहेको बागमती नदीमा माछा मार्न गएकोमा माछा मार्ने क्रममा बागमती नदीले सोम बहादुरलाई बगाई बेपत्ता भएका थिए ।
बेपत्ता भएका सोम बहादुरको स्थानीय र प्रहरीले संयुक्त रुपमा खोजतलास गरिएको थियो ।
बागमती नदी किनारमा फेला परेका शव प्रादेशिक अस्पताल गौर रौतहटमा राखिएकोमा उक्त लाश निजकै हो भनी मृतकको दाई राज घलानले अस्पतालमा पुगेर सनाखत गरेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles