हेटौँडा, असोज १० गते । गत भदौमा जेनजी प्रदर्शनीका क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेश सरकारको मन्त्रालयलगायतका संरचनाहरुको ९० करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
आगजनी र तोडफोडबाट बागमती प्रदेश सरकारका मन्त्रालय, निकाय र कार्यालयका भौतिक संरचना, जिन्सी र सवारी साधनमा ठुलो क्षति पुगेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदर्शनकारीले आगजनी र तोडफोड गरी प्रदेशका भौतिक संरचना, जिन्सी सामान र सवारी साधनमा क्षति पु¥याएको जानकारी दिनुभयो ।

क्षति प्रारम्भिक विवरण अनुसार प्रदेशका मन्त्रालय, निकास र कार्यालय गरी ६० वटा भवनमा तोडफोड र आगजनी गरेकोमा २६ वटा भवन पूर्ण रुपमा क्षति भएको मन्त्री तामाङले जानकारी दिनुभयो ।
तोडफोड र आगजनीबाट कागजातहरुसमेत नष्ट भएको छ ।
प्रदेशको भवनतर्फबाट प्रदेश सरकारको ४७ करोड ९३ लाख ५४ रुपियाँ बराबरको क्षति भएको छ ।

चितवनमा १० वटा भवनका तीन कार्यालय, काठमाडौँमा तीन भवनका दुई वटा कार्यालय, ललितपुरमा पाँच वटा भवनका तीन कार्यालय र भक्तपुरमा दुई वटा भवनका एक वटा कार्यालयमा क्षति भएको छ ।
प्रदर्शनीकारीहरुले तोडफोड र आगजनाी गर्दा भवन, जिन्सी र सवारी साधन गरी ९० करोड एक लाख ९१ हजार रुपियाँ बराबरको क्षति पुगेको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका तामाङले क्षति पुगेको भवन पुनर्निर्माण ७१ करोड ४१ लख ४० हजार रुपियाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।
प्रदर्शनीका क्रममा ५३ वटा चार पाङ्ग्रेसहित १९५ वटा सवारीसाधनको २१ करोड ६० लाख ५५ हजार र जिन्सी सामान २० करोड ४० लाख ८१ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
