कास्की, असोज १९ गते। गण्डकी प्रदेश सभाको बैठक असोज २२ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा हल र सचिवालय भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नयाँ स्थानमा प्रदेश सभा बैठक बस्न लागेको हो ।

मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक बस्न लागिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
