खासकुरा संवाददाता
हेटौँडा, असोज २० गते । सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं.२ कटन जल्केनीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
आफ्नै घरमा बसी रहेको अवस्थामा अरिङ्गालले टोक्दा मरिण गाउँपालिका वडा नं.२ बस्ने रुकुमी रानाको मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

शनिबार राति अरिङ्गालले टोकेर घाइते भएकी ३० वर्षीया रानाको प्राथमिक स्वास्थ केन्द्र कपिलाकोटमा उपचारको क्रममा आइतबार दिउँसो १९ गते १ः२० बजे मृत्यु भएको हो ।
अरिङ्गालले टोकेर घाइतेभएका तीन जनाको हेटौँडा अस्पताल, मकवानपुरमा उपचार भईरहेको र अवस्था सुधारोन्मूख रहेको प्रहरीको भनाई छ ।
