सवारी दुर्घटनामा १६ जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज २१ गते । मकवानपुरको बागमती गाउँपालिका ४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नं.को विद्युतीय गाडीले भित्री बाटोबाट राजमार्गतर्फ निस्कदै गरेको ना ५ प ५५५८ नं.को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसेर मंगलबार बिहान ६ः४५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी विद्युतीय गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाईते भएको प्रहरीको भनाई छ ।
घाइतेलाई उद्वार गरी स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा उपचारपछि थप उपचारका लागि हेटौँडा ल्याइएको छ ।
घाइते मिकशा पौडेललाई थप उपचारको लागि काठमाडौँ पठाइएको जनाइएको छ ।

ताजा समाचार

Related Articles