हेटौँडा, असोज २३ गते । जेनजी समुहको सदस्य हुँ भन्दै सवारी चालकलाई कुटपिट गर्ने एक युवकलाई पक्राउ गरिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ सानुटार याङराङपुलस्थित सडकमा आवतजावत गर्ने सवारी साधन रोकी चालकहरुलाई कुटपिट गर्ने सोही स्थानका अमिर रुम्बालाई जिल्ला प्रहरी कार्यालयमकवानपुरले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले भीमफेदी गाउँपालिका वडा नं. १ सानुटार याङराङपुलस्थित सडक खण्डमा आवतजावत हुने सवारी साधनहरुलाई बुधबार राति १० बजेको समयमा जेनजीको सदस्य हुँ भन्दै २२ वर्षीय रुम्बासहितकाले कुटपिट गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिनुभयो ।

रुम्बाले जेनजीको सदस्य भएको भन्दै रातको समयमा तरकारी तथा कृषिजन्य उत्पादन ढुवानी गर्ने गाडीहरूलाई रोकी गैरकानुनी रुपमा जाँच गर्ने र सवारी चालकहरुलाई कुटपिट गर्नुका साथै अश्लिल शब्द प्रयोग गरी दुव्र्यबहार गर्ने गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।
रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही तथा थप अनुसन्धान कार्य भईरहेको छ । साथै चालकहरुलाई कुटपिट गर्ने कार्यमा संलग्न अन्य व्यक्तिको समेत खोजतलास भईरहेको प्रहरीको भनाई छ ।
