चालक अनुमतिपत्र एक महिनाभित्रै वितरण सुरु गर्न सकिन्छ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज २७ गते । बागमती प्रदेशले संघीय सरकारले अनुमति दिएमा एक महिनाभित्र स्मार्ट चालक अनुमतिपत्र वितरण प्रक्रिया सुरु गर्न सकिने जनाएको छ ।
श्रम रोजगार तथा यातायात मन्त्रालयले सोमबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री जयराम थापाले चालक अनुमतिको प्रतिक्षामा रहेका सेवाग्राहीको संख्या ठुलो रहेको भन्दै संघीय सरकारले अनुमति दिएमा एक महिनाभित्रमा वितरण गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँले मन्त्रालयले पारदर्शी र विद्युतीय सेवा प्रणालीका मार्फत सेवा प्रवाहलाई जोड दिएको बताउँदै सेवाग्राहीले लिखित र ट्रायलबाहेकका सबै प्रक्रिया अनलाइनमार्फत गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।
सवारी दर्ता, नवीकरण, सवारी करलगायत अनलाइन प्रणालीबाटै गर्न सकिने व्यवस्था भईरहेको भन्दै यसले विचौलियाको अन्त्य गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
उहाँले गत भदौमा भएको प्रदर्शनका क्रममा क्षतिग्रस्त सवारी साधनहरूको कर र नवीकरणमा छुटलगायका व्यवस्था गर्न आवश्कय प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

ताजा समाचार

Related Articles