पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

लोकप्रिय

काठमाडौँ, असोज २९ गते।  जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जानकारी दिनुभयो । अदालतले  महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउन आदेश दिएको हो ।

यही असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध रु आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । मङ्गलबारेदेखि थुनछेक बहस सुरु भएको थियो ।

पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा यही असोज २६ गते पक्राउ गरेको थियो ।

ताजा समाचार

Related Articles