साहित्य सङ्गमको अध्यक्षमा बर्तौला

लोकप्रिय

हेटौँडा, असोज ३१ गते । साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डी.बी. बर्तौला पुनः निर्वाचित हुनुभएको छ ।
हेटौँडामा शुक्रबार भएको संस्थाको १७औँ अधिवेशनले बर्तौलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्ष मनोज पोखरेल, सचिव रजनी पौडेल, सहसचिव भवानी तिम्सिना र कोषाध्यक्ष सन्जित श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा मिथिला अधिकारी, कमल नेपाल, विविधा रुम्बा र विधान आचार्य चयन भएका छन् ।
कार्यक्रमा अग्रज साहित्यकार नवराज शर्माले डा. गणेश लामाले स्थापना गर्नुभएको डा. गणेश लामा विज्ञान प्रतिभा सम्मानबाट रिविजन हुमागाईलाई प्रदान गर्नुभएको थियो । हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा विज्ञान संकाय अध्ययन गरी कक्षा १२ मा ३.९१ जीपीए हासिल गरेका हुमागाईलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
यस्तै संस्थाले तीर्थदेवी सिल्वाल र नवराज शर्मालाई सङ्गम सम्मान प्रदान गरेको छ । सत्मार्ग अनलाइनका सञ्चालक सुजन ढकालसहित सहयोगी संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा सौरभ मुखपत्र सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देललगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles