कर्रा खोलामा डुबेका एक व्यक्तिको उद्धार

लोकप्रिय

हेटौँडा, कात्तिक ११ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका १० स्थित कर्रा खोलामा डुबेका एक व्यक्तिको उद्धार गरेको छ ।
हेटौँडा १० कर्रा पुल नजिकै मङ्गलबार बिहान डुबेका हेटौँडा १५ स्थित रातोमाटेका उमेश विकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उद्धार गरिएका व्यक्ति हेटौडा १५ रातोमाटे बस्ने ४४ वर्षीय उमेश बि.क. रहेको मकवानपुर प्रहरीले जनाएको छ । खोलाबाट उद्धार पछि निजको उपचार हेटौँडा अस्पतालमा गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उपचारपछि उमेशलाई आफन्तको जिम्मा लगाइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles