चितवन, कात्तिक १५ गते ।। चितवनको माडीमा घुँगी खोज्न गएका एक जना वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका–१ रिउ खोलाको किनारमा पाण्डवनगरका ६५ वर्षीया बुद्धिराम बोट मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार बोटको शव खोला किनारको दलदलमा घोप्टो परेको अवस्थामा फेला परेको हो। घरबाट शुक्रबार दिउँसो करिब १ बजे ‘घुँगी खोज्न जान्छु’ भन्दै निस्केका बोट घर नफर्केपछि परिवारजनले प्रहरी चौकी बरुवा, माडीमा खबर गरेका थिए ।

प्रहरी चौकी बरुवाका प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा बोटको शव रिउ खोलामा आज मृत अवस्थामा फेला परेको हो ।




