दोलखामा हिमपहिरोमा परी तीन जनाको मृत्यु आठ जना बेपत्ता

लोकप्रिय

चरीकोट, कात्तिक १८ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । हिमपहिरोमा परेर घाइते भएका र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी करिब ५० जनाको टोली घटनास्थलतर्फ गएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो । प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

घाइते भएका पर्यटकमा क्यानेडियन नागरिक मार्को दी मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली नागरिक कारोले फुच्स छन् । उद्धार कार्यमा जनप्रतिनिधि र स्थानीयवासीको समेत सहयोग रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles