काठमाडौँ, कात्तिक १८ गते । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

सरकारले विभिन्न उच्चस्तरीय वैदेशिक सम्मेलनमा सहभागी हुने तथा विभिन्न मन्त्रालय अन्तर्गतका अस्थायी दरबन्दी स्वीकृत गर्नेलगायतका निर्णयहरु गरेको छ ।





