‘तोकिएकै मितिमा निर्वाचन गरी सत्ता हस्तान्तरण गर्न सरकार तयार छ’

लोकप्रिय

काठमाडौँ, कात्तिक १८ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१ गते निर्धारित मितिमै निर्वाचन सम्पन्न गरी राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । राष्ट्रिय सञ्चार माध्यमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समितिका समाचार प्रमुख र सम्पादकहरूसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुन नसके मुलुक थप सङ्कटमा पर्न सक्ने भएकोले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र त्यसका लागि सरकार आवश्यक वातावरण बनाउन तयार रहेको प्रष्ट पार्नुभयो ।

मन्त्री खरेलले सरकार निर्वाचनका लागि भरपर्दो सुरक्षाको वातावरण बनाउन लागिपरेको र सबै राजनीतिक दलहरूलाई पनि त्यसका निम्ति आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।मन्त्री खरेलले सरकारको मुख्य प्राथमिकता निर्वाचन, सुशासन र जेनजीका भावनाको आत्मसात गर्नु रहेकोले सञ्चार माध्यमहरूले त्यस अनुरुप भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

Related Articles