कांग्रेस बैठकमा महाधिवेशनका दुई फरक प्रस्ताव

लोकप्रिय

ललितपुर, कात्तिक १८ गते। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीले महाधिवेशनका दुई फरक प्रस्ताव पेस गरेका छन । महाधिवेशन कार्यतालिकामा सहमति निर्माण गर्न भएको प्रयासहरु विफल भएसँगै महामन्त्री गगन थापाले एउटा मितिसहितको प्रस्ताव र सहमहामन्त्री महेन्द्र यादवले अर्को मितिसहितको प्रस्ताव गरेका हुन ।

 पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ भने वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने सहमहामन्त्री महेन्द्र यादवको अर्को प्रस्ताव आएको छ ।
नेपाली काँग्रेसले दुबै प्रस्तावमाथि छलफल गरेर एउटै बनाउने प्रयास गरिरहेको नेताहरुले जानकारी दिनुभएको छ।
बैठकमा महामन्त्री गगनकुमार थापाले गर्नुभएको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।
यस्तै सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको कार्यतालिकाअनुसार २०८२ चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते सङ्घीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशनको प्रस्ताव भएको छ।

ताजा समाचार

Related Articles