डाक्टरलाई हातपात गर्नेमाथि कारबाही गर्न चिकित्सक संघको माग

लोकप्रिय

हेटौँडा, कात्तिक २१ गते । मकवानपुरको हेटौंडास्थित सिएमसि चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ निवासी अजित विडारीले ड्यूटीमा रहेका डा. शाहमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लडेर कुहिनोमा चोट लागेका बिरामीलाई रिफर गर्ने विषयमा विवाद भएपछि घटना भएको बताइएको छ ।

अस्पतालका निर्देशक डा. अकेश प्रजापतिका अनुसार सर्जन डाक्टरले बिरामी जाँच गर्न नपाउँदै आफन्तले रिफर गर्न दबाब दिएका थिए, जसका कारण विवाद उत्पन्न भएको थियो । उक्त घटनाको दृश्य अस्पतालको सिसिटिभी फुटेजमा समेत कैद भएको छ ।
घटनापछि नेपाल चिकित्सक संघ मकवानपुर शाखाले दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ ।  बिहीबार जारी विज्ञप्तिमा संघले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)” बमोजिम तत्काल कारबाही अघि बढाउन आग्रह गरेको हो ।
संघले चिकित्सकको मर्यादा र सुरक्षामा आघात पुग्ने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाही नगरे कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

ताजा समाचार

Related Articles