
–परिस्थितिले प्रहरीलाई गोली हान्नुपर्ने अवस्थामा पु¥यायो
–घुसपैठीयाले स्थितिलाई उत्तेजक बनाएपछि घटना भयो
– गोली हान्न प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिए भन्ने नै हुँदैन
–यस विषयमा प्रहरीले पनि विशेष टिम बनाएर अनुसन्धान गरिरहेको छ
–२३ भदौमा नै आगजनी र विध्वंस गर्ने योजना रहेको थियो
–२४ भदौमा प्रहरी र सेनाले मानिस बचाउनकै लागि बल प्रयोग नगरेको हो
–प्रधानमन्त्री र गृहमन्त्रीले कसैलाई पक्राउ गर्न आदेश दिनु भएको छैन
–२१ गतेको निर्वाचन गराउन प्रहरी कटिवद्ध छ
–प्रहरीको मनोबल उठाउन नीतिगत निर्णय र स्पष्टता जरुरी छ
पटक पटक घुसपैठियाको सन्दर्भ उठान गर्नुभएका महानिरीक्षक खापुङले घुसपैठिया को थियो भन्ने प्रश्नको भने स्पष्ट जवाफ दिनुभएन । उहाँले भन्नुभयो – ‘२३ भदौमा त्यस्तो परिस्थिति सिर्जना गर्नका लागि घुसपैठ भएकै थियो जस्तो लाग्छ किनकि जेन–जीहरूको घोषित कार्यक्रममा उहाँहरूको कहीँ पनि त्यसरी आगजनी गर्ने, तोडफोड गर्ने ,आक्रमण गर्ने खालका कुनै कार्यक्रम थिएनन् । त्यस्तो उहाँहरूबाट कल्पना पनि गरिएको थिएन । तर, घुसपैठीयाले स्थितिलाई उत्तेजक बनाएपछि २३ गते नै जेन–जीहरूले हाम्रो कार्यक्रम सफल भयो, सकियो, त्यसैले सबैजना फर्किउ भन्ने किसिमले म्यासेज पनि गरिरहनुभएको थियो ।

त्यसैले घुसपैठ भएकै हो तर धेरै कुरा मैले भन्नुभन्दा पनि यस विषयमा छानबिनको लागि उच्चस्तरीय आयोग पनि बनेको छ । आयोगले छानबिन गरिरहेको छ ।’ उहाँले यस विषयमा प्रहरीले पनि विशेष टिम बनाएर अनुसन्धान गरिरहेको भए पनि निष्कर्ष नआउँदासम्म अहिले नै यो पक्षको संलग्नता थियो भनेर भन्ने अवस्था नरहेको बताउनुभयो । सूचना संयन्त्र निकाय पंगु नै भएको हो त भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘त्यसरी पंगु नै भनेर त नभनांै । तर पर्याप्त ध्यान नदिएको चाहिँ हो । २३ गतेको दिन सामान्य घुसपैठ हुन्छ भन्ने त लागेको थियो तर भीड आएर संसद् नै जलाउँछन् भन्ने लागेको थिएन ।’ उहाँले घुसपैठियाहरूको २३ भदौमा नै आगजनी र विध्वंस गर्ने योजना रहेको भए पनि त्यो दिनको घटनाले सो कार्य रोकिएको हुनसक्ने अनुमान गर्नुभयो । उहाँले भदौ २३ र २४ गते सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय भएको र बाहिर आएको हल्ला निराधार रहेको दाबी पनि गर्नुभयो । तपाईं र प्रधानमन्त्री ओलीे घुसपैठियाहरूले घटना घटाए भनेर उम्किन मिल्ला र रु भन्ने प्रश्नमा उहाँले त्यो कुरा समयले स्पष्ट पार्ने र त्यसको लागि केही समय पर्खन पर्ने बताउनुभयो ।आगजनी हुने अवस्थामा विशेष परिस्थिति पर्दा प्रहरीलाई गोली हान्नकै लागि हतियार दिएको तर्क अघि सार्दै उहाँले प्रश्न गर्नुभयो– ‘महत्वपूर्ण संरचनामा आगो लाग्दा त्यहाँ बस्ने प्रहरीले के गर्ने रु यो आन्दोलन अन्तिम होइन भविष्यमा पनि हुन सक्छ ।

त्यतिबेला पनि आए भने सबै जलाउन दिने रु जस्तो अहिले पनि विभिन्न आन्दोलन घोषणा भएको छ । प्रहरीका कैयौं भवन जले । प्रहरीलाई घोची घोची मारिएको छ, घिसारी घिसारी मारिएको छ । लाठी हानेर मारिएको छ । त्यस्तो अवस्था दुखद् छ । प्रहरीले त जनताको लागि लडेको छ, सुरक्षा दिएको छ जनतालाई, अनि प्रहरीमाथि नै किन आक्रमण ?’ २४ भदौमा प्रहरी र सेनाले मानिस बचाउनकै लागि बल प्रयोग नगरेको र यदि बल प्रयोग गरिएको भए ठूलो धनजनको क्षति हुन सक्ने बताउनुभयो । त्यसैले २४ गते सेना र प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन नखोजको हो भन्ने कुरासँग आपूm पूर्णतः असहमत रहेको उहाँले बताउनुभयो । हालका गृहमन्त्रीले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गर्न आदेश दिनुभएको हो रु भन्ने प्रश्नमा उहाँले कानुनको परिपालना गर्न अहिलेको प्रधानमन्त्री र गृहमन्त्री आफुहरूभन्दा बढी दक्खल भएकाले त्यस्तो कुनै आदेश नदिनुभएको बताउनुभयो । गृहमन्त्रीले फलानालाई पक्राउ गर् भनेर नभन्ने उल्लेख गर्दै उहाँले त्यस्तो आदेश दिने कुनै कानुनी आधार पनि नरहेको जिकिर गर्दै भन्नुभयो– ‘कारबाहीको दायरामा कसलाई कसरी ल्याउने भनेर छलफल भएको हो तर व्यक्तिविशेषलाई नै पक्राउ गर्ने भन्ने विषयमा होइन । अहिले त छानबिन आयोग पनि बनिसकेकाले अब छानबिन समितिले नै आवश्यक निष्कर्ष निकाल्ला ।’

प्रहरी महानिरीक्षक खापुङले फागुन २१ गते निर्वाचन गराउन प्रहरी पूरै तयारी अवस्थामा रहेको र प्रहरीले यसका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरकारले प्रहरीको मनोबल उच्च बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो– ‘प्रहरीको मनोबल उठाउन जरुरी छ । प्रहरीको मनोबल उठाउनलाई नीतिगत निर्णय र स्पष्टता आवश्यकता छ । जुनसुकै घटना घट्दा पनि सबैभन्दा पहिला प्रहरी छानबिनको दायरामा ल्याउनु गलत हो । कानुनबमोजिम जिम्मेवारी बहन गर्दा प्रहरीमाथि कुनै प्रकारको छानबिन हुन नपाइने गरी कानुन बनाउनुपर्छ ।’ इमेज खबर डटकमबाट साभार ।



