प्रक्रियागत जटिलतालाई सरल बनाउदै लैजानुपर्छ : उद्योगमन्त्री श्रेष्ठ

लोकप्रिय

हेटौँडा, कात्तिक २३ गते । बागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले सार्वजनिक प्रशासनमा देखिएको प्रक्रियागत जटिलतालाई समयसापेक्ष सरल बनाउदै लैजानुपर्ने बताउनुभएको छ ।
आइतबार उद्योग वाणिज्य तथा उपभोक्तम हित संरक्षण निर्देशनालयको आयोजनामा भएको कर्मचारीहरुलाई उद्यमशीलता तथा व्यवासायिक योजना निर्माणसम्बन्धी दुइदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रशासनिक कामकारबाहीलाई सरल बनाउँदै जानुपर्ने बताउनुभएको हो ।
उहाँले एक तथ्याङ्क अनुसार प्रशासनिक प्रक्रियाको जटिलताको कारण विश्व कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत सम्मको नोक्सान भइरहेको देखिएकोले नीतिगत रुपमै प्रशासनिक प्रक्रियालाई छोटो, सहज र सरल बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रक्रियागत झन्झटकै कारण उद्यमशिलताको विकासमा निति तथा कार्यक्रमहरुको प्रभावकारीतामा समेत कमी आएको र आम जनताले लाभ लिन नसकिरहेको बताउदै मन्त्री श्रेष्ठले प्रशासनिक जटिलतालाई सरलीकृत बनाउनुपर्ने बताउनुभयो ।
उहाँले उद्योग तथा उद्यम देशको आर्थिक बिकासको मेरुदण्ड भएको भन्दै उद्यमीहरुको मनोबल उच्च राख्न राज्य तयार हुनुपर्ने, आधुनिक प्रविधिमा जोड दिँँदै जानुपर्ने र पेशामा व्यवसायिकता बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक होमनाथ भट्टराईले बजार अनुगमन तथा व्यवस्थापनका पक्षहरुबारे सहजीकरण गर्नुभएको थियो । आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहको कार्यक्रम सोमबारसम्म चल्नेछ ।

ताजा समाचार

Related Articles