हेटौँडा, कात्तिक २७ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. ५ बाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ५ स्थित सानोपोखरामा लागूऔषध कारोबार भईरहेको अवस्थामा प्रहरी टोलीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ घर भई हेटौँडा १५ बस्ने वर्ष १९ का अशोक स्याङतान, हेटौँडा १७ बस्ने वर्ष २० का प्रवेश बरैली, वर्ष ३५ का बक्सर भन्ने राजीब लामा, वडा नं. ४ बस्ने वर्ष २० का निशान कोईराला र मकवानपुर गढी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २३ का दिपेश सन्जेल रहेका छन् ।

निजहरुले खाली जग्गामा बिक्री वितरणको लागी लुकाई राखेको अवस्थामा प्रतिबन्धित ट्रामाडोल आठ हजार तीन सय वटा क्याप्सुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त लागूऔषध, ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नं. को मोटरसाइकल बरामद गरी पाँचै जनालाई मकवानपुर जिल्ला अदालत हेटाँैडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।




