हेटौँडा, कात्तिक २८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ मा गोली प्रहार गरी हत्यामा सलग्न एक जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
राक्सिराङ १ स्थित कोलगैरी ठकुरीडाँडाका ठूले गोलेलाई गोली हानी हत्या गरेको अभियोगमा स्थानीयलाई इमान सिंह थोकरलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

७५ वर्षीय थोकरले शुक्रबार बिहान ६४ वर्षीय गोलेलाई हत्या गरेर गोली हानी हत्या गरी फरार भएकोमा दिउँसो ४ः०० बजे घटनास्थलबाट करिब एक किमि पूर्व कोलगौरीमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएकाको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

प्रहरीले थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र १९० ग्राम गन पाउडर बरामद गरेको छ । पुरानो रिसिइवीका कारण थोकरले गोलेलाई गोली प्रहार गरेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।




