एनपीएलको दोस्रो संस्करणका लागि शुभकामना

लोकप्रिय

काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री सुशीला कार्कीले आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शुभकामना व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत  प्रतियोगिताले नेपालीबीचको एकता र उत्साहलाई अझ मजबुत बनाओस् भन्ने कामना गर्नुभएकाे छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “एनपीएल केवल एक फ्रेन्चाइज क्रिकेट प्रतिस्पर्धा मात्र होइन, यो सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने उत्सव हो। यो हाम्रो राष्ट्रिय गौरव हो।”

उहाँका अनुसार कीर्तिपुरस्थित परिष्कृत रङ्गशालामा स्वदेशी–विदेशी तथा नयाँ–पुराना खेलाडीहरूको भव्य सहभागिताले देशभर नयाँ ऊर्जा र उत्साहको सञ्चार गर्नेछ। प्रधानमन्त्री कार्कीले एनपीएलमा सहभागी खेलाडी, आयोजक तथा दर्शक सबैलाई शुभकामना दिनुहुँदै, “तपाईँहरू सबैको सहयोग र उत्साहले प्रतियोगिता सफल हुनेछ भन्ने अपेक्षा छ।”

ताजा समाचार

Related Articles