पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी

लोकप्रिय

काठमाडौँ, मङ्सिर ५ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । जितका लागि १९४ रनको लक्ष्य पाएको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७५ रन बनायो ।

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाए । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे ।

पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए ।

ताजा समाचार

Related Articles