खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २० गते । हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहान अध्याँरोबाटै घर टहरालगायतका संरचनामा डोजर लगाएको प्रति असन्तुष्टि र विरोध जनाउँदै
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गर्नुभएको छ ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले राजीनामा घोषणा गर्नुभएको हो ।
हेटौँडा बजार क्षेत्रको गैरन्यायिक सडक विस्तारको श्रेष्ठले विरोध गर्दै आउनुभएको थियो । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उहाँको आरोप छ । श्रेष्ठले सडक सीमा क्षेत्रका बासिन्दाले उचित मुआब्जा र क्षतिपूर्तिका लागि स्थानीयको अभियानमा साथ दिँदै आउनुभएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ
– ’म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौँडा पीडितको साथ छु । ’





