सडक डिभिजनले सर्वोच्चको आदेशको अवज्ञा गरेपछि घरधनीद्वारा सडक अवरुद्ध गरी विरोध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २० गते । सर्वोच्च अदालतले हेटौँडाको सडक विस्तारको सूचना कार्यान्वयन नगर्न दिएको आदेश सडक डिभिजन, हेटौँडाले अवज्ञा गरेपछि प्रभावित घरजग्गा धनी आन्दोलित भएका छन् ।
हेटौँडा बजार क्षेत्रको सडक विस्तार योजनालाई लिएर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले सडक विस्तार कार्यमा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेशमार्फत संरचना नहटाउन शुक्रबार आदेश दिएको थियो ।

तर अदालतले उक्त आदेशको अवज्ञा गर्दै सडक डिभिजन कार्यालयले हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडाका नाममा डोजर लगाएर निजी घर भत्काएको थियो ।
अदालतले दिएको आदेशको पत्र देखाउँदा देखाउँदै पनि आदेशलाई अवज्ञा र अटेर गरेर घर भत्काएपछि प्रभावितहरुले सडक अवरोध गरेका हुन् । उनीहरुले सडकमा टायरसमेत बालेर विरोध सडक डिभिजन कार्यालयको विरोध जनाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वसांसद एवम् हेटौँडा उपमहानगरपालिका २ कि विन्दबासिनी कंसाकारले दायर गरेको रिटमाथि शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गर्दै हेटौँडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार कार्यमा तत्काल रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतले दुवै पक्षलाई यही मङ्सिर २६ गतेका लागि दुवै बोलाएको छ । तर त्यस अगावै सडक डिभिजनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी कंसाकारलगायतको घरटहरामा डोजर चलाइएको थियो ।

अदालतले उक्त विषयमा छलफलबाट अन्तरिम आदेश जारी हुने नहुने विषयमा टुङ्गो नलागेसम्म सडक डिभिजन कार्यालय हेटौँडालाई यही मङ्सिर ५ गते जारी नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अदालतको आदेशलाई सडक डिभिजन हेटौँडाले अवज्ञा गर्दा हेटौँडा बजार क्षेत्रमा २५–२५ गज सडक विस्तार गर्ने प्रक्रिया तत्कालका रोकिएन ।
सर्वोच्चले सडक डिभिजन कार्यालय हेटौँडालगायत विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।
कंसाकारले मुआब्जा तथा क्षतिपूर्तिको व्यवस्था नगरी बलपूर्वक संरचना हटाउन खोजिएको भन्दै रिट दायर गर्नुभयो ।

ताजा समाचार

Related Articles