मधेश सरकार विस्तार , तीन मन्त्री नियुक्त

लोकप्रिय

काठमाडौँ, मङ्सिर २१ गते । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गरर्नु भएको छ । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नु भएको छ ।

यसअघि आजै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण लिनु भएको हो । यसैबीच यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त हुनु भएका यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles