हेटौँडा, पुस १० गते । मकवानपुरको दुई गाउँपालिकाले इसाई धर्मावलम्बीहरुले पर्व क्रिसमसको अबसरमा बिहीबारबाट तीन दिन सार्वजनिक बिदा दिएका छन् ।
राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्वीहरुलाई क्रिसमस पर्व मनाउन यही आजबाट दिनका लागि सार्वजनिक बिदा दिएको हो ।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको गाउँपालिका भर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँहरुले पालिकामा इसाई धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामनासमेत व्यक्त गर्नुभएको हो ।
यस पर्वले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध गाउँपालिका बनाउन सबैमा प्रेरणा प्रदान गरोस् शुभकामना भन्दै राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लले पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका जनतामा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा राख्नुभएको छ ।

यस्तै कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानले क्रिसमस डेका अवसरमा जारी शुभकामना व्यक्त गर्दै यसव पर्वले दिगो शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सार्वजनिक विदा दिने निर्णय अनुसार दुवै गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने भएको छ ।




