हेटौँडा, पुस २१ गते । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ ले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थान हद फुकुवा भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

आयोगका सदस्य एवम् प्रवक्ता तथा विज्ञानराज शर्माले सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिनुभयो ।
ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएसँगै ओलीको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ । 




