हेटौँडा, पुस २२ गते । मकवानपुरको कैलाश गाउँपालिकामा अपाङ्गताको क्षेत्रमा तीन वर्षदेखि आफ्नो सेवा प्रदान गर्दै आइरहेको सुन्दरढोका साथी सेवाले सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई दस्तावेज हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा पालिका अध्यक्ष मुक्तानले अपाङ्गता र जीविकोपार्जन क्षेत्रमा गरेको कार्यप्रति धन्यवाद दिँदै स्थानीय सरकारले अपाङ्गताको सवालमा काम गर्ने बताउनुभयो ।

उहाँले यहाँको भूगोलमा बसोबास गर्ने अपाङ्गता नागरिकप्रति हेर्ने मानिसको दृष्ट्रिकोण सकरात्मक बनाइएको भन्दै मानिसमा सोच र विचार परिवर्तन भइको बताउनुभयो
उहाँले भन्नुभयो, अब अपाङ्गमैत्री छात्राबास ललितपुर महानगर, कैलाश गाउँपालिका र सुन्दरढोकाको साझेदारीमा निर्माण गरिने छ । कार्यक्रममा गाउापालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पालिकाभित्र अपाङ्गता परिचय कार्ड प्रदान गरिरहेको बताउनुभयो ।
संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले भौगोलिक विकटताको चुनौतिका बाबजुत पनि तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको भन्दै अपाङ्गता भएका नागरिकलाई घरमै उपचार सेवाका साथै अन्य सुविधा दिइनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अपाङ्गताका विरामीलाई उपचार गरिनुका साथै कुखुरा, बाख्रापालन, साना पसल व्यवसाय, ट्याक्टर, बाँसबाट निर्माण सामाग्री उत्पादन तालिम, व्युटिपार्लर, सैलुन, टेलरिङ लगायतका क्षेत्रमा काम गरेको जानकारी दिनुभयो ।

परियोजना संयोजक राम पार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा वडा ७ का वडाध्यक्ष उदासकुमार भोलन, महिला तथा बालबािलका शाखा प्रमुख रमिला सापकोटा, अपाङ्ग सहयोग सञ्जाल कैलाशका अध्यक्ष सुदीप जिम्बालगायतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेल, वडा १ का वडाध्यक्ष तेज बहादुर ब्लोन, वडा ९ का अध्यक्ष भूवनसिं घलान, संस्थाका प्रतिनिधि, शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।




