काठमाडौँ, पुस २७ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दावी गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहको समापनमा आयोजकले अहिलेसम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले विेशष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जानकारी गराएका हुन ।

अहिले सम्म ६२ प्रतिशत पुगेको र अहिले पनि प्रतिनिधिहरुले हस्ताक्षर गर्ने कार्यक्रम जारी रहेको यो संख्या बढ्ने आयोजकको दावी रहेको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउनु भएको थियो । उद्घाटन सत्र समापन भएको छ भोलि बन्द सत्रको कार्यक्रम रहेको छ ।




