राक्सिराङमा शोक बिदाः शैक्षिक संस्थाहरु बन्द

लोकप्रिय

मकवानपुर, पुस २८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोमबार पालिकाभित्रका शैक्षिक संस्थाहरुमा शोक बिदा गरेको छ ।
गाउँपालिका अन्तर्गत रहेको श्री आधारभूत माध्यमिक विद्यालय, राक्सिराङ्ग –७, जुरेथुममा कार्यरत प्राथमिक तह तृतीय श्रेणीका शिक्षक सूर्यबहादुर मुक्तानको निधनमा गाउँपालिकाले शैक्षिक संस्थाहरुमा शोक बिदा दिएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द अधिकारीले गाउँपालिकाको अध्यक्षस्तरको निर्णायानुसार सोमबार एक दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरुमा शोक बिदा गरिएको जानकारी दिनुभयो ।
मकवानपुरको मनहरी गाउँपालिका ७ का ४२ वर्षीय मुक्तानको आइतबार सडक दुर्घटनामा परी मृत्युभएको थियो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शिक्षक मुक्तानको असामायिक निधनले गाउँपालिका परिवार मर्माहत भएको भन्दै मृतक शिक्षकप्रति श्रद्धाञ्जली र परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
पालिका अध्यक्ष मल्लले सोमबार एक शोक विज्ञप्ति जारी गर्दै एक कुशल र लोकप्रिय शिक्षकको निधनबाट गाउँपालिकाको शैक्षिक क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

ताजा समाचार

Related Articles