खासकुरा संवाददाता
हेटौँडा, पुस २८ गते । हेटौँडामा राष्ट्रिय कार्वन रजिष्ट्री विकासका लागि बागमती प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । नेपालमा कार्बन व्यापारलाई संस्थागत, नियमन तथा अनुगमन गर्नको लागि हालै कार्वन व्यापार नियमावली, २०८२ जारी भएसँगै नियमावलीको बारेमा अभिमुखीकरण तथा राष्ट्रिय कार्वन रजिष्ट्री विकासका लागि सोमबार हेटौँडामा प्रदेशस्तरीय परामर्श गोष्ठी आयोजना गरिएको हो ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालको अध्यक्षतामा भएको गोष्ठीमा कार्वन व्यापार नियमावली कार्यान्वयन गर्दै सूचना प्रविधिको प्रयोग मार्फत कार्बन रजिष्ट्रीको विकास र सञ्चालनको लागि सहभागी वन वातावरण तथा नीति तर्जुमामा संलग्न सरोकारवालाहरूले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा ईन्जिनियर वीर बहादुर रावलले कार्वन र कार्वन व्यापार अवधारणा तथा कार्वन व्यापार नियमावली २०८२ का प्रावधान तथा ईन्जिनियरद्वय सुगुन धाख्वा र श्रीजन राम श्रेष्ठले कार्वन रजिष्ट्री र सोही प्रयोजनको लागि निर्माणाधीन वेभ आधारित सफ्टवेयरका बारे प्रस्तुतीकरण गर्नुभएको थियो ।




