वास्तविक कांग्रेस हामी हौँः गगन थापा

लोकप्रिय

काठमाडौँ, पुस ३० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भङ्ग भइसकेको बताउनु भएको छ ।

बुधबार काठमाडौँस्थित विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।आफूहरू नयाँ कार्य समिति चयन गर्ने क्रममा रहेको बताउनु भयो।

उहाँले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताउनु भयो। उहाँले कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आफूहरूलाई निष्कासन गरेको सुनेको भन्दै कांग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गर्नु भयो। उहाँले वास्तविक नेपाली कांग्रेस आफूहरू भएको दाबी गर्नु भयो।

ताजा समाचार

Related Articles