सिद्धार्थका पूर्व शिक्षक, विद्यार्थी र शिक्षकको पुनर्मिलन कार्यक्रम सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ ५ गते । सिद्धार्थका पूर्व शिक्षक, कर्मचारी र विद्यार्थीको पुनर्मिलन कार्यक्रम सोमबार हेटौँडामा सम्पन्न भएको छ ।
सिद्धार्थको स्वर्ण महोत्सवको अवसरमा सिद्धार्थ निमावि–२०३९ समुहको आयोजनामा शिक्षक, कर्मचारी र विद्यार्थीको पुनर्मिलन कार्यक्रम आयोजना गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यमिक विद्यालय स्थापनाको स्वर्ण महोत्सवको साताव्यापी कार्यक्रममा सहभागी हुन आएका शिक्षक–विद्यार्थीहरुले पुनर्मिलन कार्यक्रममा आफ्ना विगतलाई स्मरण गर्दै सिद्धार्थ जिल्लाकै अब्बल विद्यालयमा स्थापित हुनुमा गौरवको विषय भएको बताएका थिए ।
कार्यक्रममा सिद्धार्थ माविका प्रधानाध्यापक परमानन्द सरोज कर्णले विगतमा गुणस्तरीय शिक्षाका लागि शिक्षक र विद्यार्थीहरुले लगनशीलता र परिश्रम अहिलेपनि स्मरणीय रहेको भन्दै तत्कालीन प्रधानाध्यपक र शिक्षकबिच सुमधुर सम्बन्ध र कार्यगत एकताको प्रसंशा गर्नुभयो । उहाँले विगतमा जस्तै अहिले पनि प्रअ र शिक्षकबिच काम तालमेल र एकरुपता भए सिद्धार्थलाई अझै उचाईमा लैजान सकिने बताउनुभयो ।
उहाँले शिक्षक र विद्यार्थीहरुबिचको पुनर्मिलनले गुरुप्रतिको स्नेह र सम्मानलाई अझ प्रगाढ बनाउने बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थका पूर्व प्रअद्वय गोकुललाल श्रेष्ठ र लक्ष्मीभक्त घिसिङ, पूर्व शिक्षकहरु बद्रिनाथ शर्मा, रामनरेश यादव र पुरण प्रधानले अनुशासनसँगै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने गरेको भन्दै विद्यार्थीसँगै अभिभावकसँगसमेत हार्दिकतापूर्ण सम्बन्ध रहेको बताउनुभयो । उहाँहरुले मिलन कार्यक्रमलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले सिद्धार्थको विद्यालय जीवनका स्मरण सुनाएका थिए ।
सिद्धार्थ माविले साताव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी माघ ८ गतेसम्म मनाउँदै छ ।

ताजा समाचार

Related Articles