मकवानपुरमा ४४ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय

हेटौँडा, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा ४४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
हेटौँडा उपमहानगरपालिका–११, स्थित प्रादेशिक कृषि थोक बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी (उनेपा) र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ बाट २३ जना र क्षेत्र नम्बर २ बाट २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस मकवानपुरले निर्वाचन क्षेत्र नम्बर १ मा महालक्ष्मी डिना उपाध्यायले र निर्वाचन क्षेत्र नम्बर २ मा बुद्ध लामाले र एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा रामेश्वर राना र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वसांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरबाट मकवानपुर क्षेत्र g+= १ बाट बिजय गौतम र मकवानपुर क्षेत्र नं। २ बाट लवशेर विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राप्रपा मकवानपुरबाट मकवानपुर निर्वाचन क्षेत्र नं। १ बाट दीपक बहादुर सिंह र मकवानपुर निर्वाचन क्षेत्र नं। २ बाट राम बहादुर थोकरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाश गौतम र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट तेजप्रसाद उप्रेती ९रमेश० र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट सन्तोष विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठ र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट युनिस लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी ९उनेपा०बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सुरेन्द्र लामा र क्षेत्र नम्बर २ बाट प्रवीण स्याङतानले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

 

ताजा समाचार

Related Articles