निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्छाैः एमाले नेता राना

लोकप्रिय

हेटौँडा, माघ १० गते । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले भेटघाट र कार्यकर्ता भेला सुरु गरेको छ ।
एमाले हेटौँडा ४ नं. वडाको शुक्रबार भएको कार्यकर्ता भेलामा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेद्वार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक निर्वाचनमा जुटेको बताउनु भयो ।

यस्तै वडा नं. ६ ७ र १४ नं. को अगुवा कार्यकर्ता भेलामा उहाँले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा र विकास र समृद्विको नेतृत्व एमालेले गरेको र अबका दिनमा पनि गरिरहन एमालेले बहुमत ल्याउनु मुलुकको अहिलेको आवश्यकता भएको बताउनुभयो ।
उहाँले हामी सबै प्रतिस्पर्धीसँग स्वस्थ प्रतिस्पर्धा गर्छाै, निष्पक्ष जीत निकाल्छौ रानाको भनाई थियो ।

पार्टीका केन्द्रीले लेखा आयोगका सदस्य नवीन सिग्देलले विकास र समृद्विको लागि निर्वाह गरेको भूमिकाको कारण एमालेले मकवानपुरमा दुवै सिट जित्ने निश्चित रहेको बताउनुभयो । उहाँले सबै पार्टीपङ्ति एकजुट भएर लाग्ने, बलियो संगठनको बल र कार्यकर्ता परिचालनद्वारा पार्टीमाथि देखिएको चौतर्फी आक्रमणको प्रतिरोध गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्य शिवहरि दाहालले निर्वाचनको तयारीबारे जानकारी गराउनुभयो । पार्टी वडाध्यक्ष नानिराम अर्यालको अध्यक्षतामा भएको भेलामा नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्थिति रहेको वडा सचिव गीता त्रिपाठीले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles