‘संस्कृत गुरुकुलम्’ लाई खाद्यान्न र पोशाक सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १७ गते । हेटौँडा उपमहानगरपालिका १८ स्थित श्री वैदिक वानप्रस्थ आश्रमद्वारा सञ्चालित ’वैदिक संस्कृत गुरुकुलम्’ लाई खाद्यान्न र पोशाक सहयोग गरिएको छ ।
हेटौँडा २ स्थित रेडियो मकवानपुरको १६औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औँ स्थापना दिवसको अवसरमा शनिबार खाद्यान्न सहयोग गरिएको हो ।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ का वडा सदस्य योगराज खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आश्रमलाई चामल, दाल, नून र खानेतेल सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा आश्रमका सल्लाहकार हर्क रम्तेलले आश्रमको वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले आश्रममा अध्ययनरत विद्यार्थी र शिक्षकलाई पोशाक वितरण गरेको छ ।
संघका अध्यक्ष दीपेन्द्र बानियाँको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ का वडा सदस्य योगराज खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बटुक पोशाक प्रदान गरिएको हो । उक्त कार्यक्रममा आश्रमका उपाध्यक्ष जितेन्द्र नेपाल र संघका पूर्व अध्यक्ष समिर डङ्गोलले आश्रम सञ्चालनले धर्म र संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनुभयो ।
आश्रमद्वारा सञ्चालित गुरुकुलम्मा कक्षा ६ र ७ मा गरी १९ जना विद्यार्थी अध्ययनरत छन् ।

ताजा समाचार

Related Articles