रामेछापमा बस दुर्घटना: मृतकको सङ्ख्या १२ पुग्यो

लोकप्रिय

काठमाडौँ,  माघ २७ गते । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मसानेटारमा आज भएको यात्रुवाहक बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि धुलिखेल र काठमाडौँका अस्पतालमा पठाइएको छ ।
दुर्घटनामा परेर तामाकोसी नदीमा खसेको बस बाहिर निकालिएको छ ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस बिहान करिब ११ बजे सडकबाट ५० मिटर तल तामाकोसी नदीमा खसेको थियो ।
चालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न गोताखोर परिचालन गरिएको थियो ।

ताजा समाचार

Related Articles